४ चैत्र २०८२, बुधबार | Wed Mar 18 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


लगातार दुईपल्ट शक्तिशाली भुकम्पको धक्का महसुस



राति राति ११ बजेर ५८ मिनेटमा ४.९ म्याग्निच्युड र साढे १ बजे बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको हो

काठमाडौं
१५ बैशाख । पश्चिम नेपालमा लगातार दुई पल्ट शक्तिशाली भुकम्पको धक्का महसुस गरिएको छ । बाजुराको दुवाकोट केन्द्रविन्दु भएर गएराति भूकम्पको धक्का महसूस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार राति राति ११ बजेर ५८ मिनेटमा ४.९ म्याग्निच्युड र साढे १ बजे बाजुरा केन्द्रविन्दु भएर ५.९ म्याग्निच्युडको भूकम्प गएको हो ।
मध्यरातमा अन्य जिल्लामा समेत भुकम्पको धक्का महसुस गरिएको थियो । भुकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए ।
भुकम्पको क्षतिबारे अहिलेसम्म जानकारी आएको छैन ।

 

प्रकाशित मिति : १५ बैशाख २०८०, शुक्रबार  १ : १७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।