२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


महाविर पुनले माइतीघर सडकबाट भने,‘हामी सडकमा रातभर सुतेर उठ्यौं,जनताहरु सुति रहनुहोस’



‘ नेपाल सरकारलाइ मज्जाले सुत्न दिइ रहनु होस । के त होला र ? केहि चिन्ता छैन हद्द भए यहि नेपाल ता जाला । पृथ्वी ता रहि रहन्छ नि

 

१६ माघ । राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनलगायतको टोली विभिन्न मागहरु राखेर सडक आन्दोलनका क्रममा काठमाडौंको माइतीघर मण्डला सडकमा रातभर सुतेका छन् । उनले शनिबार विहानै सामाजिक सञ्जालमार्फत ‘हामी माइतीघरको सडकमा रातभर सुतेर उठ्यौं,जनताहरु सुति रहनुहोस’ भन्दै लेखेका छन् । उनले

आन्दोलनमा सघाउन सर्वसाधारण जनता नआएकोमा आक्रोस पोख्दै,‘ नेपाल सरकारलाइ मज्जाले सुत्न दिइ रहनु होस । के त होला र ? केहि चिन्ता छैन हद्द भए यहि नेपाल ता जाला । पृथ्वी ता रहि रहन्छ नि’ भन्दै टिप्पणी गरेका छन् ।
किन छन् महाविर धर्नामा ?


राष्ट्रिय अविष्कार केन्द्रका संस्थापक महावीर पुनले सरकार समक्ष विभिन्न माग राख्दै शुक्रबारदेखि माइतीघरमा धर्नामा छन् ।
“युवा जनशक्ति विदेश पलायन हुनबाट रोक्न सरकारले सहज वातावरण सिर्जना गर्नुपर्छ ।भन्दै उनी धर्नामा बसेका हुन् ।

पुनले अनुसन्धान, नवप्रर्वतन र अविष्कार तथा अनुसन्धानमा सहयोग गर्न सङ्घ र प्रदेश सरकारले विकास बजेटको एक प्रतिशत रकम छुट्याउन र ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार कोष’मा उक्त रकम जम्मा गर्नुपर्ने माग राखेका छन् ।

उनले कोषको रकम सहज तरिकाले समयमै प्रतिभाशाली र नवीनतम सोच भएका नेपालीलाई उपलब्ध गराउन छुट्टै ‘अनुसन्धान, नवप्रर्वतन र अविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन’ बनाउनुपर्ने माग राखेका छन् । अनुसन्धान केन्द्रबाट उत्पादन भएका वस्तुको बजारीकरणका लागि नीति नियम बनाउनुपर्ने, कामलाई सहज बनाउन र आवश्यक अनुसारको नीति नियम बनाउन ‘नवउद्यमी प्रवर्द्धन समिति’ बनाउनुपर्ने, नवउद्यमी बन्न चाहने नेपालीका लागि अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराउनुपर्ने पनि उनको माग छ ।

निजी अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धनका लागि विज्ञान मन्त्रालयअन्तर्गत व्यवहारिक अनुसन्धान र नवप्रवर्तन विभाग खोल्नुपर्ने उनले माग राखेका छन् ।

प्रकाशित मिति : १६ बैशाख २०८०, शनिबार  १ : ०८ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।