२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


थप ६० जनामा कोरोना संक्रमण



१७ बैशाख । देशभर थप ६० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ४ सय ७३ जनाको नमूना परीक्षण गरिएको थियो ।

२ सय ७२ जनाको पीसीआर र १ हजार २ सय १ जनाको एन्टीजेन विधिबाट नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणमा ६० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आइतबार ५५ जना संक्रमणमुक्त भएका छन् भने हाल ३ सय २८ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् । त्यस्तै, २४ घण्टामा कोरोनाको संक्रमणबाट कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

https://www.youtube.com/@lalitkhabar

प्रकाशित मिति : १७ बैशाख २०८०, आइतबार  १२ : १२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।