१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


कपनमा हत्या गरिएकी ११ दिनपछि निराको अन्त्येष्टि



काठमाडौं, १८ वैशाख । कपनमा हत्या गरिएकी निरा पाण्डे आचार्यको अन्त्येष्टि गरिएको छ। परिवारले सोमबार शव बुझेर अन्त्येष्टि गरेका हुन्। उनको यही वैशाख ७ गते दिउँसो कपनको सरस्वतीनगरमा हत्या भएको थियो। आफ्नै पसलमा उनको हत्या भएको थियो।

निराको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउसमेत गरेको छ। हत्या आरोपमा पक्राउ परेका झापा घर भएका विनोद विश्वकर्मालाई प्रहरीले आइतबार सार्वजनिक गरेको थियो। निराले लगाएको सुनको सिक्री लुट्ने उद्देश्यले हत्या भएको प्रहरीको भनाइ छ। प्रहरीले आरोपी सार्वजनिक गरेपछि परिवारले निराको शव बुझेका थिए।

प्रकाशित मिति : १८ बैशाख २०८०, सोमबार  ३ : ३६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।