२० बैशाख २०८१, बिहिबार | Thu May 2 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


ललितपुरको लेलेबाट दशैंमा कौडा खेल्दै गरेको अवस्थामा १० जना पक्राउ



काठमाडौं
१० कात्तिक । ललितपुरको लेलेबाट जुवा खेलिरहेको अवस्थामा १० जना पक्राउ परेका छन् ।
ललितपुर प्रहरीका अनुसार ललितपुरको गोदावरी नगरपालिका ५ लेले बस्ने नविन सिलवालको घरमा जुवा (कौडा) खेलिरहेको अवस्थामा यसै ठाउँमा बस्ने ३५ वर्षीय सुरेन्द्र महत समेत १० जनालाई बिहीबार राति प्रहरीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ७ लाख ९९ हजार रुपैयाँ, १६ थान कौडा, ९ बुक तास र १० थान मोबाइलसहित पक्राउ गरेका जानकारी दिएको छ ।

प्रकाशित मिति : १० कार्तिक २०८०, शुक्रबार  ३ : ०९ बजे