१८ बैशाख २०८२, बिहिबार | Thu May 1 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

अपराध


मोटरसाइकल चोरी घटनामा राजधानीबाट दुई जना पक्राउ



काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले लोक बहादुरलाई बाग्मती प्रदेश ०२–०२८ प ४४४८ नम्बरको मोटारसाईकल सहित पक्राउ गरी सोधपुछ गर्ने क्रममा उक्त मोटरसाइकल सुजनले दिएको भन्ने खुल्न आएपछि वास्तविक बा.प्र.०२ ०२१ प ४१७२ नम्बर भएको उक्त मोटरसाइकलसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो

२० वैशाख । मोटरसाइकल चोरी गरेको अभियोगमा २ जनालाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ३ धार्पा घर भई ललितपुर भैँसेपाटी बस्ने २५ वर्षीय विजय भन्ने लोकबहादुर पाख्रिन र काभ्रे तिमाल गाउँपालिका ७ धुल्खु घर भई काठमाडौं बौद्ध नयाँवस्ती बस्ने २८ वर्षीय हेमा भन्ने सुजन तामाङ रहेका छन् ।

काठमाडौं उपत्यकाको विभिन्न स्थानहरुबाट मोटरसाइकलहरू चोरी भएको घटनाको अनुसन्धानको क्रममा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले लोक बहादुरलाई बाग्मती प्रदेश ०२–०२८ प ४४४८ नम्बरको मोटारसाईकल सहित पक्राउ गरी सोधपुछ गर्ने क्रममा उक्त मोटरसाइकल सुजनले दिएको भन्ने खुल्न आएपछि वास्तविक बा.प्र.०२ ०२१ प ४१७२ नम्बर भएको उक्त मोटरसाइकलसहित फेला पारी दुवै जनालाई पक्राउ गरेको हो ।
उनीहरूलाई मोरसाइकलसहित थप अनुसन्धानको लागि प्रहरी वृत चापागाउँ पठाइएको छ ।

प्रकाशित मिति : २० बैशाख २०८०, बुधबार  १ : ४५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : lalittpurkhabar@gmail.com मा पठाउनु होला ।