विगतका वर्षहरूमा सुन्धाराबाट लगनखेलसम्मको यात्रा दुई दिनको हुने गरेकोमा यसपालि रथमा समस्या भएकोले यात्रा लम्बिएको छ
ललितपुर
२० वैशाख । ललितपुरको रातो मच्छिन्द्रनाथको रथलाई आज लगनखेलतिर तानिँदैछ । मंगलबार रथलाई लगनखेलतर्फ लैजानको लागि चक्रबहिलबाट तानिएकोमा तंगलसम्म मात्र पुर्याउन सकेको हो ।
आज पनि लगनखेलतर्फ लैजानको लागि रथयात्रा हुनेछ । विगतका वर्षहरूमा सुन्धाराबाट लगनखेलसम्मको यात्रा दुई दिनको हुने गरेकोमा यसपालि रथमा समस्या भएकोले यात्रा लम्बिएको छ।
सुन्धाराबाट लगनखेलसम्मको यात्रा आइतबार शुरू भएको हो भने त्यसदिन रथलाई थपाहितिसम्म मात्र तान्न सकेको थियो। थपाहितिमा राखिएको रथलाई क्रेनको सहयोगले सोझ्याएपछि लगनखेलतर्फ लैजानको लागि सोमबार तानिएको थियो । त्यस दिन रथलाई चक्रबहिलसम्म मात्र तान्न सकिएको थियो । आज पनि मर्मत गरेर लगनखेल पुर्याउन रथ तान्नको लागि तयारी भएको छ । यस वर्षको रथयात्रा गएको सोमबार बैशाख ११ गते शुरु भएको हो ।
प्रतिक्रिया