चिकित्सकले पेशागत मर्यादा विपरीतका अभिव्यक्क्तिहरु सम्प्रेषण गर्न पाईने छैन्
२१ बैशाख । अव डाक्टरहरुले विरामीसँगै आफ्नो तस्विर खिचेर सामाजिक सञ्जालहरुमा राख्न नपाउनेतर्फ सचेत गराइएको छ ।
नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डाक्टर कृष्णप्रसाद अधिकारीले नेपाल मेडिकल काउन्सिल नियमावली २०२४ मा भएको चिकित्सकले समाजिक संजालका तथा विद्युतीय सञ्चार उपयोगका लागि प्रावधान गरिएको बताएका छन् ।
“चिकित्सकले पेशागत मर्यादा विपरीतका अभिव्यक्क्तिहरु सम्प्रेषण गर्न पाईने छैन्”, उनले भने ।
बिरामीको परिचय खुल्नेगरी कुनै पनि उपचारजन्य भिडियो, तस्बिर वा भनाई समाजिक संजालमा फेसबुकलगायतमा राखेको खण्ड नेपाल प्रहरी साइवर ब्युरो, केन्द्रीय अनुसन्धान ब्युरो, लगायतका निकायबाट समेत कारवाही हुन्सक्ने अधिकारीले बताए ।
बिरामीको परिचय खुल्नेगरी कुनै पनि उपचारजन्य भिडियो, तस्बिर वा भनाई समाजिक संजालमा राख्न् पाइने छैन् । राखेमा बिरामीसँग सुसूचित मन्जुरी लिई लिखित अभिलेख राख्नु पर्ने उनले बताए ।







प्रतिक्रिया