१० माघ २०८१, बिहिबार | Fri Jan 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


रातो मन्छिन्द्रनाथको रथ लगनखेलमा



२१ बैशाख । रातो मन्छिन्द्रनाथको रथ लगनखेल पु¥याएको छ ।
विहीबार ललितपुरको टंगल नजिकैबाट तानेर रथ लगनखेल पु¥याइएको छ ।

ललितपुर जिल्लाको लगनखेल बसपार्क क्षेत्रमा बिहीबार रातो मच्छिन्द्रनाथको रथलाई परिक्रमा गराइँदै। लेन्स : चन्द्रकला क्षेत्री/रासस

 

यो बर्ष रथ ठाँउ ठाँउमा विग्रदा ढिला गरि लगनखेल पु¥याइएको हो । रथ पटक पटक ढल्कदा क्रेनको प्रयोग गरि सोझ्याउदै लगनखेलसम्म यात्रा गराइएको हो ।
गत बैशाख ११ गतेबाट ललितपुर पुल्चोकबाट तानेर रथ नःटोल, गावाहाल, मंगलबजार हुँदै लगनखेल ल्याइएको हो । यहाँ साइत हेरेर नरिवल खसाल्ने चलन छ ।
केही दिनपछि शुभ साइत निकालेर रथ जावलाखेल लगिन्छ । राष्ट्रप्रमुखलगायत विशिष्ठ व्यक्तिहरुसामु भोटो देखाएपछि रथयात्रा समापन हुन्छ ।
भोटो देखाएपछि मच्छिन्द्रनाथलाई त्यसै दिन खटमा राखेर बुङमति स्थित मन्दिरमा लगेर राखिन्छ ।

 

प्रकाशित मिति : २१ बैशाख २०८०, बिहिबार  २ : ५८ बजे