१० माघ २०८१, बिहिबार | Fri Jan 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


महाँकाल गाँउपालिकाको कार्यालय अव आफ्नै भवनमा



१ करोड ३० लाख खर्चेर जग्गा खरिद गरेको पुर्वअध्यक्ष दाहाल बताउछन्

२३ बैशाख । दक्षिणपूर्वी ललितपुरको महाङ्काल गाउँपालिकाको नवनिर्मित भवनको समुद्घाटन गरिएको छ । शुक्रवार बाग्मती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकटेलले रिवन काटेर भवनको उद्घाटन गरेका छन् ।
उद्घाटन कार्यक्रममा प्रतिनिधिसभा सदस्य उदयशमशेर राणा, बाग्मती प्रदेश उपसभामुख अप्सरा चापागाइँ,जिल्ला समन्वय समिती ललितपुरका प्रमुख ऋषिदेव फुँयाल, नेपाली काङ्ग्रेस बाग्मती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकार , प्रदेशका एमाले सचेतक मधुसूदन पौडेल, सांसदहरु मीनकृष्ण महर्जन,उर्मिलालगायतको सहभागी थिए ।
दक्षिण ललितपुरको दुर्गम महाँकाल गाँउपालिकाले गोटिखेल बजारमा आफ्नै साधन श्रोत प्रयोग गरेर भवन निर्माण गरेको हो ।

गाँउपालिकाका अध्यक्ष गणेश बहादुर केसीले सबै कार्यालयहरु नयाँ भवनमा स्थानान्तर गरेको जानकारी दिएका छन् ।
गाँउपालिकाले लिफ्ट सहितको भवन निर्माण गरेको हो । यो दक्षिण ललितपुरकै पहिलो लिफ्ट जडान भएको भवन हो । लिफ्ट जडान गर्दा अपाङ्ग मैत्री भवनको संरचना निर्माण हुने देखेर यस्तो डिजाइन गरिएको निवर्तमान अध्यक्ष रामचन्द्र दाहाल बताउछन् ।

पालिकाको आफ्नै भवन हुँदा कार्यसम्पादन द्रुत गतीमा गर्न सकिने अध्यक्ष बहादुर केसीले बताए । भने, ‘हामी क्रमिक रुपमा गाँउपालिकामा विकाशका काम गर्दैछौैं । नतिजा विस्तारै देखिन्छ ।’
सुदुर ललितपुरको गाँउ पाखाले ढाकेको यस गाँउपालिकामा लिष्ट सहितको भवन आफ्नो कार्यकालमा पुरा भएको गाँउपालिकाका निवर्तमान अध्यक्ष रामचन्द्र दाहालले बताए ।

गोटिखल क्षेत्रमा सार्वजनिक जग्गा नभएको कारण गाँउपालिकाले स्थानीयसँग महँगो मूल्यमा जग्गा किनेको थियो । स्थानीय बासिन्दाको केही बर्षअघि १ करोड ३० लाख खर्चेर जग्गा खरिद गरेको पुर्वअध्यक्ष दाहाल बताउछन् ।
नवनिर्मित भवनमा ४० कोठा छन् । भवन निर्माण भएपछि गाँउपालिकाको सेवा लिन पालिकाबासी अरु ठाँउमा भौतारिनु नपर्ने गरि डिजाइन गरिएको दाहालको भनाई छ । भवनको संरचना आफ्नो कार्यकालमा पुरा गरेको उनले बताए ।

भवन उद्घाटन कार्यक्रममा बोल्दै गाउँपालिका अध्यक्ष गणेशबहादुर केसीले महाङ्काल गाउँपालिकासम्म जाने सडक जीर्ण रहेकाले मर्मत र विस्तार गर्न सघाउन सासंदहरुसँग आग्रह गरे । सहभागी सरोकारवाला निकायका पदाधिकारीहरुले दुर्गम दक्षिण ललितपुरको विकाशमा चासो व्यक्त गरेका थिए ।

 

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  १२ : २९ बजे