२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


हिमपहिरोमा परेर यार्सा टिप्न हिँडेका तीन जना बेपत्ता



 

२३ बैशाख । हिमपहिरोमा परी जुम्लाका तीन व्यक्ति बेपत्ता भएका छन् । जुम्लाको पातारासी गाउँपालिका वडा नं २ तल्फी गाउँका तारासिंह सार्की, पुन्न सार्की र वीर बोहोरा बेपत्तामा भएको पातारासी गाउँपालिकाका अध्यक्ष पुन्न सिंह बोहोराले जानकारी दिएका छन् ।

पन्ध्र जनाको टोली बनाई मुगुको पाटनमा यार्सा टिप्न गएकामध्ये उनीहरु मुगु कार्मारोङ्ग गाउँपालिका २ च्यार्खु लेकमा आज बेपत्ता भएको अध्यक्ष बोहोराले बताए ।

“दिउँसो खबर आएसँगै इलाका प्रहरीचौकी मुगुबाट प्रहरीको टोली घटनास्थलतर्फ गइसकेकाले के कसरी घटना भयो ? हिउँपहिराका कारण हो कि अन्य कारण हो ? बेपत्ताको अवस्था के छ ? प्रहरी पुगेमात्र आधिकारिक जानकारी आउनेछ”, जिल्ला प्रहरी कार्यालय मुगुका निमित्त प्रहरी नायब उपरीक्षक सुदर्शन पन्थीले भने ।

मुगुका पाटनमा यार्सागुम्बा सङ्कलनका लागि गाउँपालिकाले जेठ ४ गतेदेखि प्रवेश अनुमति खुला गर्ने सूचना गरे पनि यो सूचनालाई छलेर अहिले सयौँ व्यक्ति अर्कै बाटो हँुदै मुगुको पाटनमा पुगेका छन् । बेपत्ता भएका तीन जनासहितको टोली पनि अर्कै बाटो भएर पाटनमा पुगेको थिए ।

प्रकाशित मिति : २३ बैशाख २०८०, शनिबार  ६ : ०१ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।