१० माघ २०८१, बिहिबार | Fri Jan 24 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


वागमती गाँउपालिकाको सेवा अव नयाँ भवनबाट



२४ बैशाख । दक्षिण ललितपुरको वागमती गाँउपालिकाले आजबाट नयाँ प्रशासनिक भवनबाट सेवा दिन सुरु गरेको छ ।
प्रमुख प्रशासकीय अधिकृत रामदत्त भट्टले आजबाट सबै सेवा भट्टेडाँडा छपेलीस्थित नवनिर्मित भवनबाट सुरु गरिएको ललितखबरलाई जानकारी दिएका छन् ।
उनले अनुसार गतविहीबार भवनमा पुजा गरेर गृह प्रवेश गरिएकोे थियो । शुक्रबार र शनिबार सार्वजनिक विदा परेकाले आजबाट पूर्ण रुपमा सेवा दिन सुरु गरिएको हो ।
गाँउपालिकाको भवन पिएन जेभिले ८ करोड ८७ लाख रकममा निर्माण गरेको हो । भवन निर्माणका लागि गाँउपालिकाले १२ करोड इष्टमेट गरेको थियो । तीन तले भवनमा २२ बटा कोठा रहेका छन् ।
गाँउपालिकाले जग्गा खरिद गरेर नयाँ प्रशासनिक भवन निर्माण गरेको छ । छपेलीदेखि पालिकासम्म जाने सडक भने कच्ची छ ।
वागमती गाँउपालिका नयाँ प्रशासनिक भवनमा सरेसँगै ललितपुरका ५ वटै स्थानीय निकाय आफ्नो भवनबाट सेवा सुरु दिन थालेका छन् । केही दिनअघिबाट दक्षिण ललितपुरको महाकाल गाँउपालिकाले आफ्नै भवनबाट सेवा दिन सुरुवात गरिसकेको छ ।

 

प्रकाशित मिति : २४ बैशाख २०८०, आइतबार  ७ : २९ बजे