२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


संसद बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंह अर्धनग्न



२५ चैत्र । प्रतिनिधिसभाको आजको बैठकमा आकस्मिक समयमा बोल्न नदिएको भन्दै सांसद अमरेशकुमार सिंहले लुगा फुकालेर (अर्धनग्न भएर) विरोध गरेका छन् ।

सभामुख देवराज घिमिरेले बैठकको सुरुमै आज आकस्मिक समय नरहेको र सोझै कार्यसूचीमा प्रवेश गर्ने बताएका थिए । तर केही सांसदहरूले बैठकमा उभिएर त्यसको विरोध जनाए ।

सांसद सिंहले पनि आकस्मिक समयमा बोल्न पाउनुपर्ने भन्दै सभामुखलाई आग्रह गरेका थिए । तर सभामुख घिमिरेले उनलाई बोल्ने समय उपलब्ध नगराएकाले बस्न भनेका थिए । तर सांसद सिंहले आफूले लगाएको सर्ट फुकालेर विरोध जनाएका हुन् । सांसद सिंहले संसद्को मर्यादाविपरीत क्रियाकलाप गरेको भन्दै सभामुख घिमिरेले प्रतिनिधिसभा नियमावली २०७९ को निमय ३० अनुसार पटकपटक चेतावनी दिएपछि सांसद सिंह आफ्नो स्थानमा बसेका थिए । आजको बैठकको शून्य समयमा बोल्दै सांसद अच्युतप्रसाद मैनालीले यस्तो क्रियाकलाप संसदीय अभ्यासविपरीत रहेको धारणा राखेका थिए ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ६ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।