१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


‘ललितपुर महानगरले व्यापारीलाई दुःख मात्रै दिन्छ, सुविधा दिदैन’



कुमारीपाटी जावलाखेल क्षेत्रका व्यापारीहरुले महानगरलाई लाखौैं कर तिर्ने गरेका छन् । तर हामीलाई सुविधा चाही खै ?

ललितखबर
२६ बैशाख । ललितपुरका व्यापारीहरुले ललितपुर महानगरले व्यापार व्यावसाय गर्ने व्यापारीहरुलाई दुःख मात्रै दिने गरेको गुनासो गरेका छन् ।
पाटनमा आयोजित एक कार्यक्रममा ललितपुर चेम्बर अफ कर्मसका अध्यक्ष पुक्ष्परत्न शाक्यले बैद्यानिक रुपमा दर्ता भएर कर तिर्ने व्यावसायीहरुलाई अनुगमनका क्रममा विभिन्न दुःख दिने गरेको आरोप लगाए । उनले भने, ‘पाटनमा फुटपाथमा व्यावसाय गर्ने व्यापारीहरुले कुनै नियम मान्नु पर्दैन । कर पनि तिर्नु पर्दैन । तर हामी नियम कानून मान्न दर्ता गरेर व्यावसाय गरेका व्यापारीहरुलाई महानगरले झण्झट मात्रै दिने गरेको छ ।’
उनले पाटन क्षेत्रमा अझै फुटपाथ व्यापार कायम राखेकोमा उनले महानगरको आलोचना गरे । काठमाडौंलगायत अरु नगरमा फुटपाथ व्यापार गर्नै पाइदैन । तर ललितपुरमा व्यवस्थित छैन भन्दै आलोचना गरेका छन् ।
कर तिर्ने व्यापारीहरुलाई महानगरले उचित सुविधा दिन नसकेको उनको गुनासो छ । भने, ‘कुमारीपाटी जावलाखेल क्षेत्रका व्यापारीहरुले महानगरलाई लाखौैं कर तिर्ने गरेका छन् । तर हामीलाई सुविधा चाही खै ?’ उनको प्रश्न थियो । व्यापारीहरुलाई सुविधा दिए मात्रै कर तिर्न आर्कषण बढ्ने उनको तर्क थियो ।
ललितपुर तयारी पोशाक व्यापार संघका अध्यक्ष मिलन श्रेष्ठले महानगरले सबै व्यापारीको हितमा कर नीति अवलम्बन गरे कर तिर्न व्यापारीहरु इच्छुक हुने बताए ।
ललितपुर महानगरकी उपमेयर मञ्जली शाक्यले केही दिनअघि एक कार्यक्रममा ललितपुरमा ६० प्रतिशत व्यापारीहरुले व्यावसाय दर्ता नै नगरी कारोबार गरिरहेको आरोप लगाएकी थिइन् ।
तयारी पोशाक व्यापार संघको रजत महोत्सवको अवसर पारेर आयोजित पत्रकार सम्मेलनमा यस क्षेत्रका व्यापारीहरु संगठित भएर अघि नबढेको स्थानीय उत्पादनलाई प्रोत्साहन नभएको विषयमाथि चर्चा गरिएको थियो । तयारी पोशाक संघ ललितपुरको जावलाखेल कुमारीपाटीदेखि गावाहाल र मैगलबजारमा मात्रै सिमित भएको विषय उठेको थियो ।
व्यापार संघका अध्यक्ष मिलन श्रेष्ठले आगामी दिनमा संघलाई भैसेपाटी,हरिसिद्धि र इमाडोसम्म विस्तार गर्ने योजना सुनाए । उनले भने, ‘हाम्रो कार्यक्षेत्र ललितपुर जिल्लाभर हो । हामी अन्य ठाँउमा पनि शाखा सिवस्तार गछौं ।’
ललितपुर क्षेत्रमा थुप्रै टेक्टायल कारखाना सञ्चालन हुने गरे पनि चीन भियतनामलगायत देशबाट कपडा ल्याई व्यापार हुने गरेकोले आन्तरिक उत्पादन र बजार विस्तार नभएको विदेशमा नेपाली मुद्रा जाने गरेको सरोकार वालाहरुले गुनासो गरे ।
रजत महोत्सव मनाउने
२०५३ सालमा पुष्परत्न शाक्यको नेतृत्वमा गतन भएको ललितपुर तयारी पोशाक व्यापार संघले रजत महोत्सव आयोजन ागर्ने भएको छ ।
महोत्सवको अवसरमा वर्षभरि पाटनमा विभिन्न कार्यक्रम हुनेछन् । कार्यक्रममा दिइएको जानकारी अनुसार रक्तदान, शहरी क्षेत्र सरसफाई दशैं तिहार उपहार कार्यक्रम, विभिन्न अस्पतालहरुसँग व्यापारीहरुलाई छुट सुवधा दिन सम्झौता,आयकर अन्र्तक्रिया,व्यावसायिक लेखा प्रणाली तालिमजस्ता कार्यक्रम आयोजना गरिनेछ ।

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  १ : ३३ बजे