२ पुस २०८२, बुधबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


एकैपटक ४४ सहसचिवको सरूवा (सूचीसहित)



काठमाडौं, २६ वैशाख । सरकारले एकै पटक ४४ जना सहसचिवको सरूवा गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले ४४ जना सहसचिवको सरूवा गर्ने निर्णय गरेको हो ।
सरूवा हुनेमा भर्खरै नियुक्त भएका देखि पुराना सहसचिव रहेको संघीय मामिला मन्त्रालयले जनाएको छ । संघीय मामिला तथा सामान्‍य प्रशासनमा कार्यररत अर्जुन भण्डारीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा सरूवा गरिएको छ भने भरत खनाललाई सुदूरपश्चिम प्रदेश प्रमुखको कार्यालयमा सरूवा गरिएको छ ।

स्तै संघीय मामिला तथा सामान्य प्रशासनमै कार्यरत सहसचिव कृष्णप्रसाद धिताललाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयमा सरूवा गरिएको छ । यस्तै कोशी प्रदेशको मुख्‍यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा कार्यरत प्रदेश सचिव ज्ञानेन्द्र प्रासद ढकाललाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा तानिएको छ ।
यस्तै कोशी प्रदेशको मुख्‍यमन्त्री कार्यालयमा कार्यरत अर्का प्रदेश सचिव सुरेश न्यौपानेलाई कोशी प्रदेशकै नीति तथा योजना आयोगमा सरूवा गरिएको छ ।

कुन सहसचिव कहाँ सुरूवा

प्रकाशित मिति : २६ बैशाख २०८०, मंगलबार  २ : २७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।