२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


मौसम बदली, बर्षाको सम्भावना



२७ बैशाख । देशका पहाडी भू भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम आंशिक बदलीदेखि सामान्यतया सफा रहने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

यसैगरी कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना छ । लुम्बिनी प्रदेशका तराईका भू–भागका केही स्थानमा सामान्य हावाहुरीको सम्भावना रहेको अनुमान गरिएको छ ।

हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव कायमै छ । आज राति भने गण्डकी प्रदेशका पहाडी भू भागका केही स्थानमा चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रकाशित मिति : २७ बैशाख २०८०, बुधबार  ५ : ०६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।