
२९ वैशाख । बंगालको खाडीमा शक्तिशाली चक्रवात श्रृजना भएसँगै मौसम बदली भएको छ । चक्रवातको असरले पछिल्लो समय बर्षाको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् ।
‘मोखा’ नाम दिइएको यो चक्रवातले नेपालमा मौसम बदली भएको एक दुई दिनमा हल्का बर्षा हुने मौसमविद्हरुको आकलन छ ।
चक्रवातको असरपछि पछिल्लो समय नेपालको पुर्वी भेग कोशी प्रदेश र मधेश प्रदेशमा बादल लागेको छ ।
भारतीय मौसमविदहरुका अनुसार यो चक्रवाती तुफान ‘मोखा’को असर भारतमा हुने भए पनि उत्तरी भेगमा कम हुनेछ । चक्रवात ‘मोखा’ बंगलादेश र उत्तरी म्यानमारको तटीय क्षेत्रमा १२० देखि १३० गतिमा अघि बढिरहेको छ ।
आइतबार बर्षा हुने उनीहरुको मत छ । बंगालको खाडीमा श्रजना हुने चक्रवातको असर नेपालसम्म कमै हुने विगतको इतिहास रहेको मौसमविदहरुको अनुभव छ । उनीहरुको आकलन अनुसार नेपालमा यस्ता चक्रवातले बर्षासम्म गराउछन् ।







प्रतिक्रिया