१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


उग्रतारा मन्दिरमा चोरी



३० बैशाख । सुदूरपश्चिमकै प्रसिद्ध ऐतिहासिक उग्रतारा मन्दिरमा चोरी भएको छ । अमरगढी नगरपालिका ८ मा रहेको मन्दिरमा चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान १ः३० बजे चोरी भएको हो । कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक मनोहरप्रसाद भट्टका अनुसार चाँदीको माला, चाँदीको मुकुटलगायतका सामान चोरी भएको जनाइएको छ ।

उनले चोरीको खबर प्राप्त भएपछि प्रहरी टोली पठाइएको बताए । डिएसपी भट्ट पनि उग्रतारा मन्दिर पुगेका थिए । उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर सार्कीले चाँदीका पूजाका सामान चोरी भएको बताए । मन्दिरमा सिसी क्यामेरा पनि जडान गरिएको छ । सिसी क्यामेरा पूर्णरुपमा सञ्चालनमा भने नरहेको प्रहरीले जनाएको छ ।

उग्रतारा भगवती मन्दिर प्यागोडा शैलीमा निर्मित छ । उग्रतारा मन्दिरको उत्पत्तिका सम्बन्धमा प्रमाणिक आधारमा कुनै शिलालेख भने अहिलेसम्म भेटिएको छैन । अमरगढी ८ मा पर्ने प्रसिद्ध यो मन्दिर सदरमुकामबाट करिब पाँच किलोमिटर टाढा डडेल्धुरा बैतडी जोड्ने महाकाली राजमार्गको पश्चिमपट्टिको अग्लो विशाल तथा रमणीय फाँटमा अवस्थित छ ।

 

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ७ : ०३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।