१ पुस २०८२, मंगलबार | Wed Dec 17 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


११ घण्टापछि हाइटेन्सन पोलबाट ओर्लिए माझी



काठमाडौं, ३० वैशाख । हाइटेन्सन लाइन प्रसार भएको पोलमा चढेका मोरङ बुढीगंगाका युवा दिनेशकुमार माझी ११ घण्टापछि पोलबाट ओर्लिएका छन् । बाटो निर्माणमा अनियमितता भएको भन्दै बिजुलीको हाई टेन्सन पोलमा चढेको ११ घण्टापछि माझी सकुशल ओर्लिएका हुन् ।

अध्यक्ष र उपाध्यक्ष सहित गाउँपालिकाका जनप्रतिनिधिहरूले उनको माग सम्बोधन गर्ने प्रतिबद्धता जनाएपछि उनी सकुशल पोलबाट ओर्लिएका हुन् । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उनले उठाएका मागका विषयमा छलफल भइरहेको गाउँपालिका उपाध्यक्ष अमृता गच्छदारले बताइन ।

दिनभरि सुरक्षाकर्मीले निरन्तर प्रयास गरेपनि उनी पोलबाट झर्न मानेका थिएनन् । १ लाख ३२ हजार भोल्ट विद्युत् दौडिरहेको पोलमा उनी १०घण्टा बसेका थिए ।

प्रकाशित मिति : ३० बैशाख २०८०, शनिबार  ४ : २२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।