१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रेशम चौधरीले पाएनन् सफाइ



२ जेठ । सर्वोच्च अदालतले रेशम चौधरीलाई टीकापुर हत्याकाण्डमा दोषी ठहर गर्दै जेल पठाउने उच्च अदालत दीपायलको जन्मकैदको फैसला सदर गरेको छ ।

मंगलबार न्यायाधीश आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको संयुक्त इजलासले चौधरीलाई जिल्ला र उच्च अदालतले सुनाएको सजाय सदर गरेको हो ।

जन्मकैदको फैसलाविरुद्ध चौधरीले सर्वोच्चमा पुनरावेदन गरेका थिए । यस मुद्दामा जोडिएका गंगाराम चौधरी र सीताराम चौधरीलाई भने सर्वोच्चे सफाइ दिएको छ । लक्ष्मण थारुको हकमा भने जिल्ला अदालत कैलालीले ठहर गरेअनुसार तीन वर्षको कैद भुक्तान गर्नुपर्ने भएको छ । उच्च अदालतले थारुलाई पाँच वर्षको सजाय तोकेको थियो ।

२०७२ भदौ ७ गते थरुहटको आन्दोलन हिंसात्मक बनेपछि भीडको आक्रमणबाट नेपाल प्रहरीका वरिष्ठ प्रहरी उपरीक्षक लक्ष्मण न्यौपानेसहित सात जना सुरक्षाकर्मी र एक जना नाबालक मारिएका थिए । सोही घटनाका आरोपित चौधरी जन्मकैदको सजाय काटिरहेका छन् ।

प्रकाशित मिति : २ जेष्ठ २०८०, मंगलबार  १२ : २३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।