५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


निजगढ विमानस्थल निर्माण प्रक्रिया अगडि बढाइने



काठमाडौं, ५ जेठ । सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने भएको छ।

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले निजगढ विमानस्थल निर्माण प्रक्रिया अगाडि बढाउने घोषणा गरेका हुन्।

राष्ट्रपति पौडेलले प्रादेशिक विमानस्थलको अध्ययन गरी निर्माण कार्य अगाडि बढाउने समेत बताए । उनले हवाई सेवालाई सुरक्षित बनाउन सुरक्षा मापदण्ड कडाइका साथ लागू गरिने उनले बताए।

https://www.youtube.com/@lalitkhabar

राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ मुलुकसँग हवाइ सेवा सम्झौता गरिने योजना रहेको बताएका छन्।

यस्तै, सरकारले निर्माण सम्पन्न भएका अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा उपयोग गर्न नयाँ मुलुकसँग हवाइ सम्झौता गर्ने भएको छ।

निर्माण सम्पन्न भइसकेका गौतमबुद्ध र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आए पनि नियमित उडान भने हुन सकेको छैन।

प्रकाशित मिति : ५ जेष्ठ २०८०, शुक्रबार  १२ : ४२ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।