गोदावरी
५ जेठ । गोदावरी नगरपालिकामा खेताला पाउन् छाड्ेपछि किसानहरुले आधुनिक थ्रेसर मेसिनले छिटो, कम खर्च र समयको बचत हुने भएकाले मेसिनतर्फ आकर्षित हुन् थालेको छ ।
गोदावरी नगरपालिका वडा १ का किसान रामहरी तण्डुकारले परम्परागत रुपमा गोरु र खेताला पाउन् मुस्किल हुँदै जाँदा यतिबेला ९० प्रतिशत किसानले थ्रेसर मेसिनको प्रयोग गर्न थालेको बताएका छन् ।’
‘मेरो १० मुरी गहुँ थ्रेसर मेसिनले ३० मिनेटमै गहुँ र भुस छुटाएर सकायो ।’, किसानले तण्डुकारले भने, ‘यतिका गहुँका लागि खेताला लगाएको भए आठ जना खेताला राख्नु पर्थियो । खेतालाले प्रति व्यक्ति नौ सय रुपैयाँ लिने गरेको र थ्रेसर मेसिनवलाले प्रति घण्टा पाँच हजार रुपैयाँ लिने गरेको छ ।
मेसिनको प्रयोगले समय र लागत कम लागेको उनले बताएका छन् ।
तण्डुकारले भने, वैदेशिक रोजगारले गर्दा खेताला खोज्दा मुस्किल हुन्छ, थ्रेसर मेसिनले किसानलाई ठूलो राहत पगेको छ ।
५ जेष्ठ २०८०, शुक्रबार
146
Shares
प्रतिक्रिया