३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

उपत्यका


भैसेपाटीको निर्माणाधिन मन्त्री निवास भवन छिट्टै पूरा गर्न मन्त्री गुरुङको निर्देशन



 

६ जेठ । ललितपुरको भैँसेपाटीमा निर्माणाधीन मन्त्री निवास भवन छिटो पूरा गर्न शहरी विकासमन्त्री सीता गुरुङले निर्देशन दिएका छन् ।

मन्त्री गुरुङ आज आयोजनास्थल पुगेर भवन निर्माणको प्रगतिबारे जानकारी लिँदै व्यवसायीलाई सम्झौता बमोजिम बाँकी काम चाँडो पूरा गर्न निर्देशन दिएका हुन् । शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयले विसं २०७६ कात्तिकमा सभामुख, राष्ट्रियसभा अध्यक्ष, सङ्घीय सरकारका मन्त्री, प्रदेशका मुख्यमन्त्री र प्रदेश प्रमुखको निवास निर्माण गर्न ठेक्का सम्झौता गरेको थियो ।

मन्त्री गुरुङले समयमा काम नसकिए सरकारले म्याद थपिहाल्छ भन्ने मान्यताबाट काममा ढिलासुस्ती नगर्न निर्माण कम्पनीलाई निर्देशन दिए । “समयमै काम सकियो भने तपाईंलाई पनि ढुक्क हुन्छ, सरकारको पनि एउटा योजना पूरा हुन्छ, बरु कामदारको सङ्ख्या बढाउनुहोस्, दिनरात गरेर भए पनि काम गर्नुहोस्, तर सम्झौता बमोजिम यथाशक्य काम सम्पन्न गर्नुहोस्”, उनले भने ।

विशेष भवन निर्माण आयोजना समन्वय कार्यालयका अनुसार भवन निर्माणको काम हालसम्म ९० प्रतिशत सम्पन्न भएको छ । मन्त्री गुरुङसँगै शहरी विकास मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, शहरी विकास तथा भवन निर्माण डिभिजन विभागका महानिर्देशक सुरेन्द्रमोहन श्रेष्ठलगायतको टोलीले आयोजनाको स्थलगत अनुगमन गरेका थिए ।

प्रकाशित मिति : ६ जेष्ठ २०८०, शनिबार  ३ : ४३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।