२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका सबैलाई थप ३ दिन हिरासतमा राख्न अनुमति



७ जेठ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका सबै आरोपीहरूलाई अनुसन्धानका लागि थप तीन दिन म्याद थप भएको छ ।
जिल्ला अदालत काठमाडौंले आइतवार नक्कली शरणार्थी प्रकरणका आरोपीहरूलाई थप तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौंलाई अनुमति दिएको हो । यसअघि लिएको अनुमति शनिवार सकिएको थियो ।  शनिवार परेकोले जिल्ला अदालत काठमाडौंले हिजोदेखि लागू हुने गरी थप तीन दिन समय दिएको हो ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्व गृहमन्त्री बालकृष्ण खाण, तत्कालीन गृह सचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, पूर्व गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजीत राई, पूर्व सभासद आङटावा शेर्पालगायत बिचौलियाहरूसमेत गरी १६ जना पक्राउ परेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८०, आइतबार  १ : २९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।