२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नक्कली शरणार्थी प्रकरणमा प्रहरीले बुझायो अनुसन्धान प्रतिवेदन



काठमाडौं, ८ जेठ ।  नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको छ ।

जिल्ला प्रहरी परिसर काठमाडौंले काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको हो । अब प्रतिवेदनमा भएका प्रमाणको आधारमा सरकारी वकिलको कार्यालयले अदालतमा मुद्दा दायर गर्नेछ ।

प्रहरीले पक्राउ परेका १६ र थप १६ सहित ३२ जना संलग्न रहेको निष्कर्षसहित प्रतिवेदन बुझाएको हो । प्रहरीले ३२ जनामध्ये केहीलाई ठगी, केहीलाई कीर्ते र केहीलाई संगठित अपराधमा मुद्दा चलाउन अनुसन्धान प्रतिवेदनमा सिफारिस गरेको छ ।

यो प्रकरणमा नेकपा एमालेका नेता एवम् पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, नेपाली कांग्रेसका नेता एवम् पूर्वगृहमन्त्री बालकृष्ण खाँण, तत्कालीन गृहसचिव टेकनारायण पाण्डे, भुटानी शरणार्थी नेता टेकनाथ रिजाल, तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई, हज समितिका अध्यक्ष शमशेर मियाँ, पूर्वसभासद् आङटावा शेर्पा, तत्कालीन गृहमन्त्री खाँणका स्वकीय सचिव नरेन्द्र केसी, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी, केशव दुलाल, सानु भण्डारी, सन्देश शर्मा, सागर राई, टंक गुरुङ, गोविन्द चौधरी र रामशरण केसीलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।

पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका छोरा प्रतीक र इन्द्रजित राईका छोरा निरज लगायत भने फरार छन् ।

प्रकाशित मिति : ८ जेष्ठ २०८०, सोमबार  ८ : ५० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।