८ जेठ । रातो मच्छिन्द्रनाथको रथ जावलाखेल लगिएको छ । लगनखेलको थटीटोलमा रहेको रथलाई तानेर जावलाखेल लगिएको हो ।
मच्छिन्द्रनाथको रथ जावलाखेल पुगेको चौथो दिनमा भोटो देखाउने परम्परा छ । मछिन्द्रनाथको रथजात्रा अन्तर्गत भोटो देखाउने जात्रालाई मुख्य आर्कषणका रूपमा लिइन्छ ।
भोटो अवलोकनका लागि राष्ट्रपति, उपराष्ट्रपति लगायतका उच्च पदस्थ अधिकारीहरू जावलाेखल जाने छन् ।
ललितपुरको पुल्चोकमा बनाइएको रथमा करुणामय रातो मत्स्येन्द्रनाथलाई राखेर पाटन घुमाइन्छ । पुल्चोक, गावहाल, सुन्धारा लगनखेल हुँदै जावलाखेलमा लगेर भोटो देखाइ समापन गरिन्छ।
प्रतिक्रिया