२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


पशुपतिको जलहारीले संसदमा तनाव



१२ जेठ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल विरोधमा उत्रिएको छ।
बुधबारको प्रतिनिधिसभा बैठकमा नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुन भनेर पशुपतिमा पित्तलको जलहारी लगाएको आरोप लगाएका थिए।

सुन भनेर ओलीले पित्तलको जलहारी लगाएको दाहालको आरोपलाई गम्भीर भन्दै एमालेका सांसदहरुले उभिएर संसद बैठकमा अवरोध गरेका हुन्।

बैठकको सुरुमै एमाले सांसदहरुले ड्यासबाट उठेर विरोध सुरु गरे। एमाले प्रमुख सचेतक पदम गिरीले सत्ता पक्षले गम्भीर आरोप लगाएको भन्दै त्यसबारे प्रष्ट नहुन्जेल संसद अघि बढ्न नदिने उल्लेख गरे।
एमालेको नाराबाजीपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ।

वेल घेराउ गरेर एमाले सांसदहरु नाराबाजीमा उत्रिएपछि सभामुख देवराज घिमिरेले बैठक २० मिनेटका लागि स्थगित गरेका हुन्।

प्रकाशित मिति : १२ जेष्ठ २०८०, शुक्रबार  ७ : १४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।