२९ माघ २०८२, बुधबार | Wed Feb 11 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


गाईको हत्याबारे जानकारी दिनेलाई गाउँपालिकाले रु. १५ हजारसहित पुरस्कृत गर्ने



१३ जेठ । बाँकेको नरैनापुर गाउँपालिकाले गाईको हत्या (गौ हत्या)को घटनाबारे जानकारी दिनेलाई रु १५ हजार नगद उपलब्ध गराउने  भएको छ । गौ हत्या रोक्न गाँउपालिकाले कडाइ गर्न थालेको छ ।
गाउँपालिका अध्यक्ष मो. इस्तियाक अहमद शाहका अनुसार गौ हत्या गर्ने व्यक्तिको सम्बन्धमा सूचना दिने व्यक्तिलाई पुरस्कार स्वरुप रु १५ हजार नगद उपलब्ध गराउने निर्णय भएको छ । गाउँपलिकाले यससम्बन्धी कानूनीरूपमै मान्यताका लागि नीति तथा कार्यविधि निर्माणको तयारी गरेको छ ।
गाउँपालिकाको शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले गौ हत्यामा संलग्नको पहिचान गरी कडाभन्दा कडा कारबाही गर्न र गौहत्यामा संलग्न भएको प्रमाणित भएमा एक वर्षसम्म गाउँपालिकाबाट प्रदान गरिने कुनै पनि सेवा उपलब्ध नगराउने निर्णय भएको गाउँपालिका अध्यक्ष मो. इस्तियाक अहमद शाहले बताएका छन् ।
गौ हत्या नियन्त्रण गर्नसम्बन्धी सुरक्षाकर्मीहरूलाई गाउँपालिकाले अनुरोध गरेको छ । गाउँपालिकाले सो सम्बन्धमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने प्रमुख प्रशासकीय अधिकृत मणिराम खरालले बताउनुभयो । नेपालको राष्ट्रिय जनावरको रूपमा गाईलाई मानिन्छ । नेपालको कानूनले गौहत्यालाई निषेध गरेको छ ।

प्रकाशित मिति : १३ जेष्ठ २०८०, शनिबार  १ : ४४ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।