३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रेशम चौधरीको कैद माफी



१४ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले जन्मकैदको सजाय भोगिरहेका रेशम चौधरीको कैद सजाय माफी दिएका छन् । मन्त्रिपरिषद्को सिफारिसमा रेशम चौधरीसहित १९ जनाको कैद सजाय माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

२०७२ भदौ ७ गते कैलालीको टीकापुरमा एकजना नाबालक र सातजना सुरक्षाकर्मीसहित आठजनाको ज्यान गएको घटनामा दोषी ठहर चौधरीलाई जिल्ला, उच्च र सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको सजाय सुनाएको थियो ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले चौधरीको कैद माफीका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको थियो । यस्तै गणतन्त्र दिवसको अवसरमा ७ जना जेष्ठ नागरिकसहित ४८२ जनाको बाँकी कैद सजाय मिनाहा भएको छ । संविधानको धारा २७६ र फौजदारी कसुर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐनको दफा ३७ तथा जेष्ठ नागरिक ऐनको दफा १२ बमोजिम उनीहरुको बाँकी कैद सजाय मिनाहा भएको हो । दफा ३७ मा ५० प्रतिशत कैद भुक्तान गरेका र चालचलनमा सुधार आएका कैदीको सजाय माफी दिन सक्ने व्यवस्था छ ।

प्रकाशित मिति : १४ जेष्ठ २०८०, आइतबार  ४ : १६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।