५ चैत्र २०८२, बिहिबार | Thu Mar 19 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


रेशम चौधरी जेलबाट छुटे, भन्छन्,‘असली दोषीलाई राज्यले कारबाही गर्नुपर्छ’



१५ जेठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले आफू निर्दोष रहेको बताउँदै असली दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन्।

राष्ट्रपतिबाट आममाफी पाएपछि रिहा भएका चौधरीले साेमबार डिल्लीबजार कारागारबाहिर सञ्चारमाध्यमलाई प्रतिक्रिया दिँदै आफू निर्दोष रहेको र दोषीलाई कारबाही गर्नुपर्ने बताएका हुन्।

उनले कसैले कसैलाई आरोप लगाएर नहुने बताउँदै असली दोषीलाई राज्यले कारबाही गर्नुपर्ने धारणा राखे। उनले टीकापुर घटनाको छानबिन गरिनुपर्ने भन्दै त्यसका लागि पुनः उच्चस्तरीय छानविन आयोग गठन हुनुपर्ने माग गरे। उनले टीकापुर काण्डमा जेलमा रहेका अन्य राजबन्दीलाई पनि छिट्टै रिहा गर्नेगरी प्रक्रिया चाल्ने बताए। राष्ट्रपति रामचन्द्र पौडेलले चौधरीको कैद सजाय माफी गरेपछि उनी आज जेलबाट छुटेका हुन्।

प्रकाशित मिति : १५ जेष्ठ २०८०, सोमबार  ३ : ५९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।