९ माघ २०८१, बुधबार | Thu Jan 23 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरमा बजेट : गोदावरी र सुनाकोठीमा पार्क, सातदोवाटो र एकान्तकुनामा फ्याई ओभर



 

१६ जेठ । सरकारले ल्याएको आर्थिक बर्ष २०८०÷८१को बजेटमा ललितपुरमा ठोस योजना ल्याएन । यस पल्ट घोषणा गरिएको बजेटमा ललितपुरमा झिना मसिना केही योजना परेका छन् ।
ब्जेटमार्फत सरकारले दक्षिण ललितपुरको ठोस्ने खोला खानेपानी राजधानीमा ल्याउन सम्भाव्यता अध्ययनलगायत पूर्व तयारीका कार्य सम्पन्न गर्ने घोषणा गरेको छ ।

ललितपुरको झिकुवा महालक्ष्मीमा ढल निर्माण तथा प्रशोधन आयोजना सम्पन्न गर्ने बजेटमा उल्येख गरिएको छ ।

ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने र सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण कार्य शुरूवात गर्ने बजेटमा घोषणा गरिएको छ ।
काठमाडौं उपत्यकाभित्र व्यवस्थित शहरीकरणका लागि ललितपुरको गोदावरी तथा सुनाकोठी खुला क्षेत्र, हरियाली पार्क र व्यवस्थित पूर्वाधार सहितका आवासीय क्षेत्र विकास गर्ने सरकारको तयारी छ ।
सरकारले ललितपुरमा इन्टरनेट एक्सचेञ्ज सेन्टरको निर्माणलाई तीव्रता दिने बजेट व्यवस्था गरेको जानकारी दिएको छ ।
ललितपुरको खुमलटारमा सूचना प्रविधि ज्ञानपार्क स्थापना गर्ने कार्य अघि बढाइने बजेटमा परेको छ ।
सरकारले ललितपुर हुँदै हेटौडा जोड्ने कान्तिलोकपथ स्तरोन्नतीको लागि कुनै बजेट राखिएको छैन । ललितपुरको नख्खु करिडोर,दक्षिण ललितपुरको सडक पुर्वाधारजस्ता क्षेत्रलाई बेवास्ता गरिएको छ ।
बजेटमा विकाशमा पछि पारिएको दक्षिण ललितपुरको लागि कुनै पनि योजना अघि सारिएको छ । यो क्षेत्र पुर्वअर्थराज्यमन्त्री उदयशम्सेर राणाले निर्वाचन जितेको क्षेत्र हो ।

 

 

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  १ : ५९ बजे