१६ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दरबार हत्याकाण्डको अनुसन्धान गरी निष्कर्षमा पुर्याउने बताएका छन् । मङ्गलबार नेकपा (माओवादी केन्द्र) को पार्टी कार्यालय पेरिसडाँडामा भएको माओवादी सल्लाहकार समिति र ज्येष्ठ कम्युनिष्ट मञ्चको संयुक्त बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताए ।
प्रधानमन्त्रीले ठूला हत्याकाण्डका नामले परिचित दरबार हत्याकाण्ड, गौर हत्याकाण्ड लगायतका हत्याकाण्डहरूको अनुसन्धान गरी निचोडमा पुग्ने बताए । उनले २०४६ सालको जनआन्दोलन पछिका सबै उच्च पदस्थ अधिकारीका सम्पत्ति विवरणको बारेमा खोजीनिती गर्ने पनि प्रतिबद्धता व्यक्त गरे ।
उनले भ्रष्टाचारका काण्ड र ठुला हत्याकाण्डका बारेमा अनुसन्धान गरी निष्कर्षमा पुर्याउनुपर्ने र नागरिकलाई यसबारेका शङ्काहरूको छिनोफानो गर्नुपर्ने आवश्यकता रहेको बताए ।
प्रधानमन्त्री प्रचण्डले आफ्नो बुधबारबाट हुने भारत भ्रमणका क्रममा विद्युतको बजार क्षमताको सुनिश्चित हुनेगरी छलफल गर्ने प्रतिबद्धता जनाए ।







प्रतिक्रिया