२९ मंसिर २०८२, आइतबार | Sun Dec 14 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

समाचार


सडक दुर्घटनामा उपप्रधानमन्त्री खड्काकी भाइ बुहारीसहित दुईको मृत्यु



१६ जेठ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाँकेको राप्तीसोनारी–८ मुगुवा खोला नजिकै मंगलवार बेलुका भएको दुर्घटनामा परेर दुईजनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काकी भाइ बुहारी डा. सञ्जु खाती खड्का र कार चालक गोरखाका ३७ वर्षका सुवास अधिकारीको घटना स्थलमै मृत्यु भएको छ ।
नेपालगञ्जबाट काकरभिट्टाका लागि छुटेको भे १ ३३३५ नम्बरको बस र पूर्वबाट पश्चिम जाँदै गरेको बा १३ च ८२५३ नम्बरको कार ठोक्किँदा डा. सञ्जु खाती र चालक अधिकारीको मृत्यु भएको इलाका प्रहरी कोहलपुरका प्रमुख डिएसपी सुन्दर तिवारीले बताए ।

बस चालकलाई इलाका प्रहरी कार्यालय कोहलपुरले नियन्त्रणमा लिएको र बसमा सवार भने सकुशल रहेको डिएसपी तिवारीले बताए । दुर्घटनामा परी बसमा सवार ६ जना सामान्य घाइते भएका छन् । उनीहरुको कोहलपुरमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०८०, मंगलबार  ४ : ५६ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।