१७ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिने भारत भ्रमणमा क्रममा नयाँदिल्ली पुगेका छन् ।
करिब १२० सदस्यीय टोलीको नेतृत्व गर्दै दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डलाई भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।
विदेशराज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरु र भारतका लागि नेपाली राजदूत शंकर शर्मा पनि प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न विमानस्थलमा पुगेका थिए ।
प्रधानमन्त्री प्रचण्डको स्वागतमा विमानस्थल बाहिर सांस्कृतिक तथा झाँकी प्रदर्शन गरिएको थियो ।







प्रतिक्रिया