१९ जेठ । ललितपुर महानगरका मेयर चिरिवावुले पाटन दरवारपरिसरमा शौचालय निर्माणका लागि शिलान्याश गर्दै ब्राम्हण बोलाएर पुजा आजा गरेका छन् ।
उनले पर्यटकका लागि ‘स्मार्ट शौचालय’ निर्माण गर्न जग पुजा गरेका हुन् ।
सानातिना योजना कार्यान्वयन गर्न पनि हल्लाखल्ला गर्ने बानी परेका मेयर महर्जनले शौचालय निर्माण गर्न पनि जग पुजा गरेका हुन् ।
पाटन दरवारमा लामो समयदेखि शौचालय नहुँदा पर्यटकहरुलाई मर्का परेको थियो ।
पाटनदरवार परिसरमा रहेको शौचालय हिमालय जाभाले प्रयोग गर्दै आएको छ । सार्वजनिक जग्गामा निर्माण गरेको सो शौचालय हिमालय जाभाले ताल्चा लगाएको छ । रेष्टुरेण्टमा आउने पाहुनालाई मात्रै प्रयोग गर्न दिने गरेको छ।
ऐतिहासिक पुरातात्विक शहर पाटनलाई परम्परागत रुपमा संरक्षण गर्नु पर्नेमा मेयर चिरिवावु हरेक योजनालाई स्मार्ट बनाउने भन्दै आधुनिक रंग दिने प्रयास गरिरहेका छन् । उनले शौचालयलाई स्मार्ट टवाइलेट बनाउने भन्दै प्रचार गरिरहेका छन् । जहाँ स्तनपान स्थल पनि रहने बताइएको छ ।
पाटनमा जम्मा ९ वटा शौचालय निर्माण गर्न टेण्डर आह्वान भएको महानगरका एक कर्मचारीले बताए । उनले भने, ‘मेयर महर्जनले फरक फरक समयमा शौचालय शिलान्याश र उद्घाटन गर्ने योजना बनाइएको छ ।’
महानगरमा विकाश निर्माणको काम देखाृन यो बर्ष मेयर महर्जनको शौचालयहरु शिलान्याश र उद्घाटन गर्दै वित्ने देखिएको छ ।
महानगरभित्रका धेरै समस्या समाधान गर्न नसक्दा महानगरबासी आक्रोसित छन् । मेयर महर्जन भने साना तिना योजना बनाएर मिडियाबाजी गर्न कम्मर कसेर लागेका छन् ।
प्रतिक्रिया