२७ फाल्गुन २०८२, बुधबार | Thu Mar 12 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


काँग्रेस ललितपुरलाई दुई वर्षमा २० लाख ५० हजार घाटा



ललितखबर
२० जेठ । नेपाली काँग्रेस ललितपुरलाई २ बर्षमा २० लाख ५० हजारभन्दा धेरै घाटा लागेको छ ।
जिल्ला पार्टी कार्यालयलाई आवश्यक खर्चका लागि पर्याप्त चन्दा नउठ्दा यो घाटा लागेको हो ।
१४ औं महाधिवेशनपछि नेपाली काँग्रेसको पहिलो जिल्ला अधिवेशनमा कोषध्यक्ष दिनमन खड्काले पेश गरेको प्रतिवेदन अनुसार पार्टीको खर्च ४९ लाख ७७ हजार १५० खर्च गरेको छ ।
जिल्ला पार्टी कार्यालयले २९ लाख २६ हजार ५ सय आम्दानी गरेको छ ।
पार्टीले जनप्रतिनिधि र पार्टीबाट सिफारिस भइ सरकारी नियुक्ती पाउनेहरुसँग लेबी उठाउदै आएको छ ।
पार्टीले अपुग रकम जिल्लाका पदाधिकारी सभापति जितेन्द्र श्रेष्ठ,उपसभापति सुर्दशन घिमिरे, कोषध्यक्ष दिलमन खड्का, सचिव बशिष्ठ अधिकारीलगायतसँग सापटी लिएको उल्येख छ ।
पछिल्लो समय काँग्रेसले पार्टी कार्यालय व्यवस्थापनका लागि धेरै खर्च गरेकोले आम्दानी भन्दा धेरै खर्च हुँदा घाटा लागेको बुझिएको छ ।

प्रकाशित मिति : २० जेष्ठ २०८०, शनिबार  ११ : २५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।