२१ जेठ । विश्व वातावरणको सन्दर्भ पारेर गोदावरी र ठैब क्षेत्र बृहत बजार सरसफाई गरिने भएको छ ।
यही सोमबार विश्व वातारण दिवसको दिन सोमबार गोदावरी वसपार्कमा सरसफाई हुँदैछ ।
गोदावरी खोला क्षेत्र सरसफाई महाअभियानकी अभियन्ता बेबी सरसफाईका लागि दराज, क्लिनअप नेपाल र गोदावरी नगरपालिका वडा नं. ३को सहभागिता छ ।
राजभण्डारीका अनुसार मंगलबार विहान ठैब बोजापोखरीदेखि सिमानासम्म सरसफाई गरिदै छ । सरसफाई अभियानका लागि गोदावरी खोला क्षेत्र सरसफाई महाअभियानसँगै गोदावरी वडा नं. १४ डिभिजन वन कार्यालय ललितपुर र नेपाल प्रहरीको सहकार्यमा हुने भएको छ ।
अभियन्ता राजभण्डारीले भनिन्, ‘अरु धेरै संघ संस्थाले सरसफाई अभियानमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिरहेका छन् ।’
प्रतिक्रिया