३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


प्रतिनिधिसभा बैठक सोमबारका लागि सर्‍यो



२१ जेठ । प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी दलसहितका प्रतिपक्षी दलले अवरोध गरेपछि आजको बैठक स्थगित गरी सोमबारका लागि सारिएको छ । सभामुख देवराज घिमिरेले सोमबार ११ बजेका लागि बैठक राख्नुभएको उनको सचिवालयले जनाएको छ ।

प्रतिपक्षी दल नेकपा (एमाले), रास्वपा र राप्रपाका सांसदहरुको अवरोधपछि एक घण्टाका लागि स्थगित भएको बैठक सञ्चालनबारेमा सहमति बन्न नसकेपछि सभामुख घिमिरेले बैठक भोलिका लागि सार्नुभएको उनको प्रेस विज्ञ शेखर अधिकारीले बताए ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भारत भ्रमणका क्रममा नेपालको भूमि साटफेर गरी बंगलादेश मोडलमा सहमति गर्न सकिने विकल्पमा समकक्षी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरेपछि प्रतिपक्षी दलले संसद बैठकमा विरोध गरेका छन् ।

सोहीअनुसार हालै राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएपछि प्रतिपक्षी दलले विरोध गरेका छन् । संसद बैठकको प्रक्रियामा नल्याई विधेयक प्रमाणीकरण भएको भन्दै प्रतिपक्षी दलका नेताहरुले संसदमा विरोध जनाएको बताएका छन् ।

 

प्रकाशित मिति : २१ जेष्ठ २०८०, आइतबार  ११ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।