९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


गोदावरीमा पर्यटकले क्युआर कोड स्क्यान गरेर जानकारी लिन सक्ने



 

२८ जेठ । ललितपुरको गोदावरी पर्यटनका हिसाबले सुन्दर र आकर्षक क्षेत्र हो । विशेषतः छुट्टीका दिन आन्तरिक पर्यटकको भिड हुने गर्दछ । शान्त शितल गोदावरीमा रम्न र हरिया डाडाकाडा हेर्न पर्यटक लालायित हुन्छन् । धार्मिक हिसाबले पनि सुन्दर पर्यटकीय क्षेत्र हो ।
सुन्दर पर्यटकीय क्षेत्र गोदावरीबारे जानकारी दिन भर्खरै क्युआर स्क्यान बोर्ड राखिएको छ । गोदावरी नगरपालिका वडा न. ३ मा पर्यटन प्रवद्र्धन गर्न क्युआर स्क्यान बोर्ड राखिएको हो । क्युआर स्क्यान गरेर पर्यटकले यस क्षेत्रको सम्पुर्ण जानकारी लिन सक्ने वडा कार्यालयले जानकारी दिएको छ ।
गोदावरी घुम्न आउने पर्यटकलाई वडाभित्र सबै सम्पुर्ण मठ मन्दिर, स्कुल कलेज, होटल, रेष्टुरेन्ट, बोटानिकल गार्डेन, बनस्पति स्थल ,मार्वलडाडालगायतको जानकार लिन सकिन्े बताइएको छ । वडा कार्यालयका अनुसार अडियो, भिडियो,फोटो र ती ठाउहरुको छोटो लिखित जानकारी सहितको क्युआर स्क्यान वोर्ड वडाका पोल र चोकमा राखिएको छ । क्युआार स्क्यानमार्फत घुम्नका लागि सहज बनाउने प्रयास गरिएको वडाध्यक्ष राज घिमिरे बताउछन् ।
गोदावरी भ्रमणमा आउने बाह्य पर्यटकहरुलाई वडाबारे सहजै जानकारी, गुगल म्यापसहित थप जानकारी दिने उद्देश्यले क्युआर स्क्यान बोर्ड राखिएको वडाध्यक्ष घिमिरेको भनाई छ ।

 

प्रकाशित मिति : २८ जेष्ठ २०८०, आइतबार  ८ : ४८ बजे