१५ मंसिर २०८१, शनिबार | Sat Nov 30 2024

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन


चलचित्र ‘निरफूल’ समिक्षा : समाज सम्झाउने चलचित्र



२८ जेठ । शुक्रबारबाट चलचित्र ‘निरफूल’ प्रर्दशनमा आएको छ । पछिल्लो पुस्ताका चर्चामा रहेका नेपाली अभिनेता दयाहाङ राईद्वारा अभिनिय चलचित्र ‘निरफूल’ बहुप्रतिक्षित चलचित्र हो । समाजलाई महाभुकम्पको महामारीको चपेटा देखाउन खोजेको यो चलचित्र आफै कोरोना महामारीको चपेटामा परेर लामो समय थन्कियो । महाभुकम्पको सन्दर्भमा बनाइएको चलचित्र कोरोना महामारीले चलचित्र हल बन्द हुँदा झण्डै दशक छुँदा बल्ल प्रर्दशन हुन पुग्यो ।
नेपाली समाजलाई एउटा इतिहाँसको कालखण्ड बुझाउने यो चलचित्रको सान्दर्भिकता जुनसुकै बेला पनि हुने देखिन्छ । जुन चलचित्र निर्माताका लागि थप सहयोगी हुनेछ ।
लामो समयदेखि नेपाली सञ्चारमाध्यममा रंग पत्रकारिता गरेका डेव्यु निर्देशक फूलमान बलको चलचित्र छायांकनको ५ बर्षपछि प्रर्दशनमा आएको हो ।


चलचित्रमा २०७२ सालको महाभुकम्पले नेपाली जनतालाई दिएको सास्तीको कथा चलचित्रमा उनिएको छ । नेपालीले महाभुकम्पको विपत्तीसँगै कोरोना महामारी भोगेसकेपछि खाटा बसेको घाउमा चलचित्र ‘निरफूल’ले एक पल्ट चसक्क घोच्छ । जुन सान्दर्भिकताका कारण दर्शकलाई आनन्ददायक लाग्नेछ ।
चलचित्र ‘निरफूल’ धादिङको सुन्दर हिमाली क्षेत्र पाङसाङ अर्थात् रुविभ्यालीमा खिचिएको छ । हिमाली जीवन यहाँ मनोरम दृश्य चलचित्रमा समेटिएको छ । तामाङ् समुदायको जीवनशैली भेषभुसासँगै रुविभ्यालीमा छायांकन गरिएको दृश्यमा चलचित्रमा तामाङ भाषा नै राखिएको छ ।
रुविभ्यालीमा आफ्नै जीवनशैलीमा खुशीयालीमा बाँचेकोे एउटा तामाङ परिवारमा पलाएको शहरिया जीवनशैलीको मोह चलचित्रको शुरुवात विन्दु हो । जुन महाभुकम्पको विपत्तीसँगै चलचित्र अघि बढ्छ । महाभुकम्पले हिमाली जिल्लाको परिवार तहननहस बनाएको चलचित्रको मुल विषयबस्तु हो । जुन चलचित्रको ट्रेलरले स्प्रष्ट देखाएको छ ।
च्लचित्रमा (चेञ्जोरोङ) अभिनेता दयाहाङ राई छोरी जिम्मे छ्योइकी घिसिङ खोज्न पिङ्जावती खोज्ने पाएको सास्ती हेर्न लायक छ । महाभुकम्पले निम्त्याएको दुःख देखाउने क्रममा चलचित्रमा भत्केका घर, शहरमा राखिएका टेण्ट र चौरमा बसेका मान्छेहरुको दर्दनाक दृश्यले दर्शकलाई हिजो भोगेको भुकम्प सम्झाउछ । चलचित्रले सिंहदरवारले जनतालाई दिने सास्ती, सञ्चारमाध्यमहरुले आममान्छेको पिडालाई समाचारमा समेट्न नचाहेको बर्तमान विषयबस्तु, एनजिओ आइएनजिओमा हुने असली खेलको दृश्य राखेर बर्तमान समाजको चित्र दुरुस्तै उतारेको छ । जुन आम मान्छेलाई छुन्छ ।

लक्ष्मी छोरी पिङ्जावती खोज्न काठमाडौं शहरमा भौतारिएको दृश्य दर्दनाक छन् । जसले काठमाडौंको असली अनुहार खोलिदिएको छ । शहरका डान्सबार प्रशासन र यहाँका गल्लीका पाइला पाइलामा अन्जान र विरानो मान्छेले पाउने सास्ती मार्मिक ढंगले पस्किएको छ ।

‘ढलपल ढलपल भयो’ र ‘तिमी बद्नामी बद्नामी’ गीतले चलचित्रको निखारता ल्याउन सहयोग गरेको छ ।

चलचित्रमा अभिनेत्री रेखा थापाको पनि छोटो भुमिका हेर्न सकिन्छ । सुमधुर पार्शसंगीतले चलचित्रको कथा भन्न थप सघाएको छ । सिनेमेट्रोग्राफर ले चलचित्रको दृश्य हेर्दा असझिलो महसुस गर्न दिएका छैनन् ।
चलचित्रको पहिलो भागमा तामाङ भाषाको प्रयोग गरेर निर्देशकले कथाको स्थानीय स्वाद पस्कन खोजेका छन् । तर आम पाठकले क्यासन पढ्दै चलचित्र हेर्नु अल्छी लाग्न सक्छ । अन्य भाषा मात्रै बुझने दर्शकलाई अलि झ्याउ लाग्न सक्छ । तर तामाङ समुदायले भने चलचित्रमा आफ्नो पन भेट्छ ।
चलचित्र केही लामो र अभिनेता दयाहाङ राई (चेञ्जोरोङ) छोरी जिम्मे छ्योइकी घिसिङ (पिङ्जावती) खोज्न भौतारिएको अनेकौ दृश्यले मोनोनोटनस हुन्छ ।

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  २ : ३५ बजे