२६ मंसिर २०८२, बिहिबार | Thu Dec 11 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मनोरन्जन

‘अभिमन्यु : च्याप्टर–१’ प्रिमियरमा प्रशंसा बटुल्दै

ललितपुर । ललितपुरको लविम मलस्थित क्यूएफएक्समा सोमबार साँझ गरिएको प्रिमियर शोबाट नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले उत्कृष्ट सुरुवात गरेको छ। प्रिमियरमा उपस्थित कलाकार, समीक्षक र दर्शकले फिल्मको कथा, प्रस्तुति, अभिनय र सस्पेन्सलाई प्रशंसा गरे।

दर्शक र फिल्मकर्मीका अनुसार फिल्मले सुरुदेखि अन्त्यसम्म ‘के हुन्छ ?’ भन्ने कौतुहलता कायम राख्न सफल भयो। विशेषगरी महिला पात्रलाई केन्द्रमा राखेर बनाइएको कथाले नेपाली फिल्म उद्योगको प्रचलित ढर्रा तोडेको टिप्पणी धेरैले गरे।

अभिनेता दिव्यदेव पन्तले निर्देशनदेखि कलाकारको पर्फर्मेन्ससम्म सबै पक्ष ‘असाधारण’ रहेको बताए। उनका अनुसार फिल्मले महिला पात्रलाई गम्भीरता र शक्ति प्रदान गरेको छ। उनले निर्माता विनोद पौडेलले ‘प्रतिभा भएर पनि उपेक्षित’ कलाकारमा लगानी गरेको साहसको प्रशंसा गरे।

चलचित्रकर्मी सोभित बस्नेतले फिल्मले दर्शकलाई प्रत्येक मिनेट कौतुहलता सिर्जना गर्न सफल भएको बताए। उनका अनुसार मुख्य अभिनेता कामेश्वर चौरसियाको अभिनय फिल्मको बलियो पक्ष हो।

अभिनेत्री अलिशा बास्तोलाले फिल्मले ‘ब्लकबस्टर हुने अनुभूति’ प्रिमियरमै दिएको बताइन्। उनले दक्षिण भारतीय शैलीको सस्पेन्स ड्रामा र फिल्मको ‘अथेन्टिक’ प्रस्तुति प्रशंसा गरिन्।

अर्की अभिनेत्री रुषा न्यौपानेले महिला–केन्द्रित सस्पेन्स कथाले नेपाली बजारमा फरकपन ल्याउने विश्वास व्यक्त गरिन्। अभिनेत्री लक्ष्मी बर्देवा, जो फिल्मको छायांकन अवधिमा सुत्केरी हुने अवस्थामा रहेको खुलासा गरिन्, फिल्म र टोलीप्रतिको विश्वासका कारण अभिनय गरेको बताइन्।

मुख्य अभिनेता कामेश्वर चौरसिया लामो संघर्षपछि लिड क्यारेक्टर पाएकोमा भावुक भए। “कलाकार बन्न स्क्रिप्ट चाहिँदो रहेछ,” उनले भने।

सुशान्त गौतम निर्देशित फिल्मका क्रिएटिभ निर्देशक मदन थापा हुन् भने कथा मुकेश खनालले लेखेका हुन्। निर्माता विनोद पौडेल र गुञ्जन गिरीको प्रस्तुतिमा बनेको फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिका छन्।

शरद महतोको सिनेमाटोग्राफी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको कलर ग्रेडिङ र मदन घिमिरेको सम्पादन फिल्मका मुख्य प्राविधिक आकर्षण बनेका छन्।को लविम मलस्थित क्यूएफएक्समा सोमबार साँझ गरिएको प्रिमियर शोबाट नेपाली चलचित्र ‘अभिमन्यु : च्याप्टर–१’ ले उत्कृष्ट सुरुवात गरेको छ। प्रिमियरमा उपस्थित कलाकार, समीक्षक र दर्शकले फिल्मको कथा, प्रस्तुति, अभिनय र सस्पेन्सलाई प्रशंसा गरे।

दर्शक र फिल्मकर्मीका अनुसार फिल्मले सुरुदेखि अन्त्यसम्म ‘के हुन्छ ?’ भन्ने कौतुहलता कायम राख्न सफल भयो। विशेषगरी महिला पात्रलाई केन्द्रमा राखेर बनाइएको कथाले नेपाली फिल्म उद्योगको प्रचलित ढर्रा तोडेको टिप्पणी धेरैले गरे।

अभिनेता दिव्यदेव पन्तले निर्देशनदेखि कलाकारको पर्फर्मेन्ससम्म सबै पक्ष ‘असाधारण’ रहेको बताए। उनका अनुसार फिल्मले महिला पात्रलाई गम्भीरता र शक्ति प्रदान गरेको छ। उनले निर्माता विनोद पौडेलले ‘प्रतिभा भएर पनि उपेक्षित’ कलाकारमा लगानी गरेको साहसको प्रशंसा गरे।

चलचित्रकर्मी सोभित बस्नेतले फिल्मले दर्शकलाई प्रत्येक मिनेट कौतुहलता सिर्जना गर्न सफल भएको बताए। उनका अनुसार मुख्य अभिनेता कामेश्वर चौरसियाको अभिनय फिल्मको बलियो पक्ष हो।

अभिनेत्री अलिशा बास्तोलाले फिल्मले ‘ब्लकबस्टर हुने अनुभूति’ प्रिमियरमै दिएको बताइन्। उनले दक्षिण भारतीय शैलीको सस्पेन्स ड्रामा र फिल्मको ‘अथेन्टिक’ प्रस्तुति प्रशंसा गरिन्।

अर्की अभिनेत्री रुषा न्यौपानेले महिला–केन्द्रित सस्पेन्स कथाले नेपाली बजारमा फरकपन ल्याउने विश्वास व्यक्त गरिन्। अभिनेत्री लक्ष्मी बर्देवा, जो फिल्मको छायांकन अवधिमा सुत्केरी हुने अवस्थामा रहेको खुलासा गरिन्, फिल्म र टोलीप्रतिको विश्वासका कारण अभिनय गरेको बताइन्।

मुख्य अभिनेता कामेश्वर चौरसिया लामो संघर्षपछि लिड क्यारेक्टर पाएकोमा भावुक भए। “कलाकार बन्न स्क्रिप्ट चाहिँदो रहेछ,” उनले भने।

सुशान्त गौतम निर्देशित फिल्मका क्रिएटिभ निर्देशक मदन थापा हुन् भने कथा मुकेश खनालले लेखेका हुन्। निर्माता विनोद पौडेल र गुञ्जन गिरीको प्रस्तुतिमा बनेको फिल्ममा कामेश्वर चौरसिया, सरिता गिरी, किरण श्रेष्ठ, लक्ष्मी बर्देवा, गौमाया गुरुङ, प्रकाश दाहाल र शिशिर वाङ्देल मुख्य भूमिका छन्।

शरद महतोको सिनेमाटोग्राफी, मनोज श्रेष्ठको भिएफएक्स, जुनिम गहतराजको कलर ग्रेडिङ र मदन घिमिरेको सम्पादन फिल्मका मुख्य प्राविधिक आकर्षण बनेका छन्।

प्रकाशित मिति : १७ मंसिर २०८२, मंगलबार  १ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।