२१ भदौ २०८३, आइतबार | Sun Sep 6 2026

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Uncategorized


चलचित्र ‘पेन्सन पट्टा’का ट्रेलर सार्वजनिक विषयवस्तुप्रति भारतीय राजदुतावासको चासो



काठमाडौ

चलचित्र ‘पेन्सन पट्टा’को ट्रेलरमा सार्वजनिक विषयबस्तुलाई लिएर भारतीय राजदुतावासले चासो राखेको छ ।

चलचित्रको कथासँग प्रत्यक्ष जोडिएको विषय दुतावास पुगेपछि चलचित्र क्षेत्रमा चासोको विषय बनेको छ।

https://www.youtube.com/@lalitkhabar

‘पेन्सन पट्टा’को ट्रेलर हेरेपछि यसको विषयवस्तुप्रति चासो व्यक्त गर्दै भारतीय भूतपूर्व सैनिक तथा उनीहरूका परिवारलाई पेन्सन वितरण गरिँदै आएको पेन्सन पट्टा जारी हुने कार्यालयले निर्माण टोलीलाई भेटघाटका लागि निम्तो दिएको थियो ।

शाखाका कर्मचारीहरूले चलचित्र निर्माण टोलीसँग छलफल गरेका छन् । शाखामा भएको कुराकानीका क्रममा चलचित्रको कथासँग सम्बन्धित विषयमा छलफल भएको विषयमा निर्देशक माउत्से गुरुङले खुलाउन चाहेनन् ।

‘वर्षौंदेखि यही काम गर्नेहरूसँग बसेपछि थाहा हुन्छ, हामीले देखेको त सानो हिस्सा रहेछ,’ उनले भने, ‘बाँकी अहिले भन्दिनँ।’उनले भने ।

चलचित्रको कथामा पेन्सन पट्टा कसरी जोडिन्छ, त्यसमा कसको नाम आउँछ र त्यसपछि परिवारमा कस्तो परिस्थिति सिर्जना हुन्छ भन्ने विषयमा पनि निर्माण पक्षले धेरै कुरा खुलाएको छैन।

भारत सरकारले नेपालमा रहेका वार्षिक करिब ७ हजार १ सय जनालाई पेन्सनवापत करोड नेपाली रुपैयाँ पेन्सनबापत पठाउने गरेको छ ।

चलचित्र ‘पेन्सन पट्टा’ भदौ २६ गतेदेखि देशभर प्रदर्शन हुँदैछ।

प्रकाशित मिति : २१ भदौ २०८३, आइतबार  ८ : १९ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।