३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


स्वर्गद्वारी दर्शन गरेर फर्किएका तीर्थयात्री सवार गाडी दुर्घटना



२९ जेठ । प्यूठानमा गाडी दुर्घटना भएको छ। स्वर्गद्वारी मन्दिर दर्शन गरेर फर्किएको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय प्यूठानले जानकारी दिएको छ। प्रहरीका अनुसार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट गाडी खसेको हो।

लु १ च ६३४५ नम्बरको उक्त गाडीमा ८ जना सवार रहेको प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि प्यूठान अस्पताल लगिँदै गरेको प्रहरीले बताएको छ।

 

प्रकाशित मिति : २९ जेष्ठ २०८०, सोमबार  ११ : ३३ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।