२९ जेठ । प्युठानमा स्वर्गद्वारी दर्शन गरेर फर्केको कार दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । लु १ च ६३४५ नम्बर को कार स्वर्गद्वारी नगरपालिका ४ उपल्लो भिङ्रीमा सडकबाट तल खसेर दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जानकारी दिएको छ ।
कारमा चालकसहित ८ जना सवार रहेका थिए । दुर्घटनामा मृत्यु भएका सबैको शव जिल्ला अस्पताल प्युठान ल्याइसकिएको र सनाखतको काम भइरहेको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परेकामध्ये दाङको लमही नगरपालिका वडा नं. ५ का तारा कुमालको मात्रै पहिचान भएको प्रहरीले बताएको छ ।
यी हुन सनाखत भएका ७ जनाः
१) सरिता शर्मा पोख्रेल, दाङ, तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी (वर्ष ३५)
२) विशाल पोख्रेल, दाङ, तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी (वर्ष १४)
३) विकाश पोख्रेल,दाङ, तुल्सीपुर उपमहानगरपालिका–१५ कोठरी (वर्ष ९)
४) गोविन्द शाही, दाङ, लमहि नगरपालिका–७ गढवा (वर्ष ४०)
५) राधा नेपाली, दाङ लमहि नगरपालिका–७ गढवा (वर्ष ३०)
६) आदित्य शाह, दाङ लमहि नगरपालिका–७ गढवा (वर्ष ९)
७) तारा कुमाल, दाङ लमही (बर्ष ४९) चालक







प्रतिक्रिया