९ माघ २०८१, बुधबार | Wed Jan 22 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


सातदोबाटो सडकमै व्यावसायीको पार्किङ, कारवाही चाही मोटरसाइकललाई



\
ललितखबर
३० जेठ । ललितपुरको सातदोबाटो चापागाँउ सडकलाई व्यावसायीले पार्किङ स्थल बनाउदा यात्रुलाई समस्या परेको छ । स्थानीय व्यावसायीहरुले बीच सडकसम्मै कार पार्किङ गर्दा ठेचो,चापागाँउ हुँदै दक्षिण ललितपुर र कान्तिलोकपथमार्फत हेटौडा जाने गाडीहरु लामो समयसम्म जाममा बस्नु पर्ने बाध्यता छ ।

गाडी पार्किङ गरेकै स्थानमा मोटरसाइकलाई कारवाही गर्दै ट्राफिक प्रहरी । आइतबार उनीहरुले अनाधिकृत सडकमा पार्क गर्ने यी गाडीलाई बारवाही नगरि फर्केका छन् । लेन्स : ललितखबर

सातदोवाटोमा भेटिएका कुमार घिमिरेले महानगरिय ट्राफिक प्रहरी बृत्त सातदोबाटोले यहाँका व्यावसायीहरुलाई संरक्षण गर्ने र मोटरसाइकलमा ओहोर दोहोर गर्ने यात्रुलाई ट्राफिक चेक गरेर कारवाही गर्ने गरेको बताए । उनका अनुसार सातदोबाटो खुमल्टारसम्म टिपरको ग्यारेज झैं रोकिने भए पनि अहिलेसम्म कारवाही गरिएको छैन । यहाँ आधा सडकसम्म ढाकेर धेरै ठूला गाडी रोकिने गरेका छन् ।


सातदोबाटो सडकमा रिक्सा टाटामोवाइललगायत गाडीहरु रोकेर सडक अवरुद्ध हुँदा समेत ट्राफिकले कारवाही नगर्ने एक स्थानीयले आक्रोस पोखे । उनले भने, ‘हामीलाई हिडडुल गर्न साहै्र अप्ठ्यारो हुन्छ तर ट्राफिक प्रहरीको मनलाग्दी व्यावहारले हैरान भएका छौं ।’
म्हानगरिय प्रहरी बृत्तका एक प्रहरीले सबै गाडीलाई कारवाही गरेर सम्भव नहुने बताए । ‘सही सबैको व्यावसाय छ । गाडी रोक्न नदिए दैनिकी नै चल्दैन । महानगरले पार्किङको विकल्प नदिएसम्म हामीले केही गर्न सक्दैनौं’ उनले भने ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ४ : ४९ बजे