३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


मधेश प्रदेशका मुख्यमन्त्री यादवले विश्वासको मत लिँदै



३० जेठ । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज विश्वासको मत लिने भएका छन् । त्यसका लागि आज साँझ ५ बजेका लागि आकस्मिक रुपमा प्रेदश सभाका बैठक बोलाइएको छ ।

सरकार गठनमा सहभागी दलले समर्थन फिर्ता लिएमा त्यसको ३० दिनभित्र मुख्यमन्त्रीले संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था अनुसार व्यवस्था अनुसार उनले आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन् ।

सरकार निर्माणको क्रममा सहभागी भएको नेकपा एमालेले जेठ १ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री यादवले विश्वासको मत लिन लागेका हुन् ।

पुस २७ गते मधेश प्रदेशसभाको ठूलो दल नेकपा एमालेसहितका दलको समर्थनमा मुख्यमन्त्री सरोजकुमार यादव नियुक्त भएका थिए ।

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  ६ : ४७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।