३० मंसिर २०८२, सोमबार | Mon Dec 15 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


जलहरी सुन जोख्नुस्, नपुगे मृत्युदण्डका लागि तयार छु: सदस्यसचिव थापा



 जेठ ३० : पशुपति क्षेत्र विकास कोषका सदस्यसचिव मिलनकुमार थापाले पशुपतिमा सुनको जलहरी लगाउँदा सुन गायव गरेको भए आफू जस्तोसुकै कारवाही भोग्न पनि तयार रहेको बताएका छन्।

सिंहदरबारमा मंगलबार बसेको राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा थापाले आफूलाई बिना आधारमा सुन हिनामिना गरेको आरोप लगाइएको भन्दै सुन चोरी गरेको प्रमाणित भए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताए।

‘१० किलो सुनका कारण मेरो बेइज्जत भएको छ । सुन जोख्दा हुन्छ, नपुगे मृत्युदण्ड भोग्न पनि तयार छु,’ समितिमा जवाफ दिँदा भावुक बनेका हुनले भने। सदस्यसचिव थापाले यस विषयमा न्याय माग्न आत्महत्या गर्नुपर्ने हो भन्दै प्रश्न पनि गरे।

‘राष्ट्र बैंकसँगको सम्झौताअनुसार १०३ केजी सुन ल्याएको हो । तत्कालिन प्रधानमन्त्री केपी ओली र तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीको निर्देशनमा छिटो काम गरेको हुँ । जलहरी लगाउँदा २४ घण्टा नेपाली सेना तैनाथी गरिएको थियो,’ उनले भने, ‘अदालतबाट सुनको जलहरी हाल्न हुँदैन भनेर प्रदेश सांसद नरोतम वैद्यले ‘स्टे अर्डर’ ल्याएको बेला ९६ किलो ८२२ ग्राम सुन तयार भएको र १० किलो सुन जलहरीका लागि तयारी नभएको हुँदा माइनुटमा मात्रै नलेखिएको र उक्त १० किलो पशुपतिनाथ मन्दिरमा नै छ।’

 

 

प्रकाशित मिति : ३० जेष्ठ २०८०, मंगलबार  १२ : १० बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।