१ पुस २०८२, मंगलबार | Tue Dec 16 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

राष्ट्रिय समाचार


नेपालमा यस वर्षको मनसुन भित्रियो



३१ जेठ । नेपालमा यस वर्षको मनसुन भित्रिएकाे छ । आज अर्थात् जेठ ३१ गते नेपालको कोशी प्रदेश, पुर्वी मधेश प्रदेश,बागमती प्रदेशका अधिकांश भू-भाग र गण्डकी प्रदेशका पुर्वी भू-भागमा मनसुन प्रणाली आगमन भएको छ ।

हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ। जल तथा माैसम पुर्वानुमान महाशाखाका अनुसार यस वर्षको मनसुन सरदर मिति भन्दा १ दिन ढिला गरि नेपालमा प्रवेश गरेको छ । अन्य समयमा नेपालमा मनसुन भित्रिने मिति जुन १३ हो ।

नेपालको अन्य भू-भागहरूमा भने केही दिनमा क्रमिक रुपमा मनसुन अगाडी बढ्ने देखिएकाे महाशाखाले जनाएकाे छ ।

बुधबार कोशी प्रदेशका साथै देशका पहाडी भागमा आंशिक बदलीको सम्भावना रहेको महाशाखाले जनाएको छ । यसैगरी, कोशी , बागमती र गण्डकी प्रदेशका केहि स्थानहरुमा मेघगर्जन सहितको वर्षा हुने पुर्वानुमान गरिएको छ । मधेश प्रदेशमा पनि आज वर्षा हुने अनुमान गरिएको छ ।

प्रकाशित मिति : ३१ जेष्ठ २०८०, बुधबार  ९ : ५७ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।