३२ जेठ । हिजो साँझ परेको बर्षाका कारण राती पहिरो जाँदा ललितपुरको भट्टेडाँडामा पहिरो जाँदा एउटा टाटा सुमो क्षतिग्रस्त भएको छ भने कान्तिलोकपथ अवरुद्ध भएको छ ।
पहिलोले टाटा सुमोलाई क्षति पु¥याएको भए पनि यात्रु हताहत नभएको भट्टेडाँडा प्रहरी चौकीका प्रहरीले बताएका छन् ।
भट्टेडाँडा प्रहरी चौकीका अनुसार भट्टेडाँडाको टाकुर्चे र काल्चेनजिकै ठूलो खोलामा पहिरो जाँदा सडक अवरुद्ध भएको छ ।
सडक अवरुद्ध हुँदा राजधानीबाट हेटौडा जाने टाटासुमोहरु झाँक्रिडाँडा र बगुवामा रोकिएका छन् । दक्षिण ललितपुरबाट राजधानी ल्याउने दुध र तरकारीको गाडी समेत रोकिएको एक प्रहरीले ललितखबर अनलाइनसँग बताए । उनले भने, केही समयदेखि पहिरो हटाउने प्रयास सुरु भएको छ ।
साथै कुलेखानी–सिस्नेरी सडकखण्ड पनि पहिरोका कारण अवरुद्ध भएको छ । मकवानपुरको इन्द्रसरोबर गाउँपालिका ३ सिस्नेरीमा आज बिहान ५ बजे पहिरो खस्दा सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया