२० मंसिर २०८२, शुक्रबार | Fri Dec 5 2025

मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

मुख्य समाचार


ललितपुरका मेयर चिरिवावु महर्जनद्वारा वडाध्यक्षले जेष्ठ नागरिकको भ्रमणमा युवा घुमाएको भन्दै जनाए आपत्ती



ललितखबर
६ असार । ललितपुर महानगरका मेयर चिरिवावु महर्जनले वडाध्यक्षहरुले जेष्ठ नागरिकको भ्रमण शिर्षकमा युवाहरुलाई घुमाएको भन्दै आपत्ती जनाएका छन् ।
ललितपुरमा बुधबारबाट सुरु तेश्रो नीति तथा कार्यक्रम प्रस्तुत गर्ने क्रममा वडाध्यक्षहरुले जेष्ठ नागरिक भ्रमण शिर्षकमा बजेट खर्च गरेको तर सामाजिक सञ्जालमा युवा र केटाकेटीको तस्विर राखेको भन्दै  अव आइन्दा त्यसो नगर्न चेतावनी दिए ।
मेयर महर्जनले वडाध्यक्षहरुलाई आर्थिक मामिलामा भने पारदर्शिता देखाउन आग्रह गर्दै आर्थिक मामिलामा चुकेको खण्डमा समाजबाट च्युत हुने तर्क गरे ।
मेयर महर्जनले आफूले धेरै राम्रो काम गरेको भन्दै आफ्नै प्रशंशा गरेका थिए ।

प्रकाशित मिति : ६ असार २०८०, बुधबार  ४ : १५ बजे

तपाईसँग समाचार,विचार वा गुनासा छन् भने हामीलाई इमेल : [email protected] मा पठाउनु होला ।